Kath khabar
पाल्पामा जीप दुर्घटना हुँदा आठ जनाको घटनास्थलमा मृत्यु



                     रामपुर (पाल्पा), फागुन १ । पाल्पामा जीप दुर्घटना हुँदा आठ जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।

जिल्लाको तिनाउँ गाउँपालिका–५, मस्यामको चिदिसमा भएको जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।

मृतकको पहिचान हुन सकेको छैनभने घाइते भएका १८ जनालाई लुम्बिनी मेडिकल कलेज पाल्पा पठाइएको छ । डुम्रेबाट कुसुमखोलातर्फ गइरहेको जीप आज साँझ दुर्घटना भएको हो ।

प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  १९:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update