Kath khabar
महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना १० जनाको मृत्यु, ३० घाइते



                 चन्द्रौटा, फागुन ३ । कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै बस दुर्घटना हुँदा १० जनाको  मृत्यु भएको छ । महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको सुनौलो महाकाली  यातायातद्वारा सञ्चालित सु– प – प्र–०२–००१ ख ००९८ नम्बरको बस आज विहान  सडकबाट दुई सय मिटर तल खसेको थियो ।  
 
दुर्घटनामा १० जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । मृत्यु हुनेहरुमा रौतहट औराही ३ का ४६ वर्षीय नारायणबहादुर भण्डारी, नेपाली सेना, कालीजङ्ग गण गोरुसिङ्गेमा कार्यरत सल्यानका अर्जुनकुमार योगी र भारत उत्तरप्रदेश मुरदाबादका सकिल मुसलमान रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक हरि वलीका अनुसार भिमदत्त नगरपालिका- १ कन्चनपुरका २७ वर्षीय राहुलराम कामी, सोहि नगरपालिका– ४ का २४ वर्षीय उमेश भण्डारी, र १६ कि सञ्जु थापा, पुर्नवास नगरपालिका निवासी किसन भट्टको दुर्घटनास्थलमै मृत्यु भएको छ ।

यस्तै, भिमदत्त नगरपालिका बस्ने खगेश्वरी खाती, भिमदत्त नगरपालिका– २ बस्ने सुदिप भट्ट र पुनरवास नगरपालिका– ९ बिसफाटा बस्ने बिमला देवी भट्टको पहिचान खुलेको छ ।

कार्यालयका प्रहरी निरीक्षक नवरत्न पौडेलका अनुसार  दुर्घटनामा ३० जना घाइते भएका ती मध्ये नौ जनालाई बुटवल ‘रिफर’ गरिएको छ। अन्यको सञ्जीवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक पौडेलले बताउनुभयो ।  

 

 

प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  १०:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update