Kath khabar
मोरङमा घरमाथि लरी पल्टिँदा तीन बालबालिकाको मृत्यु, एक घाइते


                          मोरङ,  फागुन ११ । मोरङमा घरमाथि मालवाहक लरी पल्टिँदा तीन बालबालिकाको च्यापिएर मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । कोसी राजमार्गस्थित मोरङको बुढीगंगा सडकखण्ड निबुवाचोकमा लरी पल्टिएर च्यापिँदा तीन बालबालिकाको घटनास्थलमै मृत्यु भएको हो ।

बुढीगंगा गाउँपालिका–४ का ज्योति अधिकारीको चार वर्षीया जुम्ल्याहा छोरी इसिता, छोरा निशान्त र सञ्जु खवासकी आठ वर्षीया छोरी रिहा खवासको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नवराज कार्कीले जानकारी दिए । घाइतेलाई उपचारका लागि विराट शिक्षण अस्पतालमा पठाइएको बताइएको छ ।

कच्चा पदार्थ बोकेर उद्योगतर्फ जाँदै गरेको भारतीय आर जे २९ जीबी १५६१ नम्बरको लरी शुक्रबार बिहान बुढीगंगा सडकखण्डमा पल्टिएको हो । अहिले उद्धार कार्य जारी भइरहेको छ।

प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८०  १४:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update