Kath khabar
ललितपुरको सानागाउँमा दुर्घटना, ट्यांकरको ठक्करबाट स्कुटर चालकको मृत्यु


                ललितपुर, फागुन १४ । ललितपुरको महालक्ष्मी नगरपालिका-६ सानागाउँमा ट्यांकरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।

बा३ख ८५८५ नम्बरको ट्यांकरले सोमबार बिहान बागमती प्रदेश ०२-०३४प७३२८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा १७ वर्षीय सुहायाङ राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनालगत्तै राइलाई ग्वार्कोस्थित किष्ट अस्पताल पुर्‍याइएको थियो । तर चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । ट्यांकर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

 

 

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १२:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update