Kath khabar
धादिङको घाटबेँसीमा बस दुर्घटना, सात जनाको  मृत्यु, ३० भन्दा बढी घाइते

 

                     मलेखु (धादिङ), फागुन २३ । कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको लु२ख २१२१ नम्बरका यात्रुवाहक बस  आज बिहान धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा दुर्घटनामा परेको छ ।

घटनामा एक महिलासहित सात जनाको मृत्यु भएको छ । दुर्घटनामा ३० जनाभन्दा बढी घाइते भएका छन्  । मृतकको सनाखत हुन बाँकी रहेको जनाइएको छ ।

बस पृथ्वीराजमार्गबाट करिब एक सय मिटर तल त्रिशूली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले जानकारी दिनुभयो । घाइतेको उद्धार गरी स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि अधिकांशलाई थप उपचारका लागि काठमाडौँ पठाइएको उहाँले बताउनुभयो । 

घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना स्थानीयवासीले उद्धार गरिरहेका छन् । उद्धार जारी छ । बस नदीमा डुबेकाले मृतकको सङ्ख्या बढ्न सक्ने प्रहरीको अनुमान छ । सशस्त्र प्रहरी बल, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनको टोली पनि उद्धारमा जुटिरहेको छ । बस चालक रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका –९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

 

 

प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  १०:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update