Kath khabar
इलाम क्षेत्र २ मा चुनाव लड्न सुहाङ नेम्वाङले दिए पार्टी कमिटीमा निवेदन

 

                       इलाम, फागुन २७ । इलाम क्षेत्र २ मा हुन लागेको उपनिर्वाचनमा एमालेको तर्फबाट उम्मेदवारीका लागि सुहाङ नेम्वाङले निवेदन दिएका छन् ।

नेकपा एमाले इलामले उपनिर्वाचनको लागि गठन गरेको कार्यदलमा सुहाङले निवेदन दिएका हुन् । सुहाङ दिवंगत नेता सुवासचन्द्रका कान्छा छोरा हुन् ।
 
संविधानसभा अध्यक्ष नेम्वाङको निधनपछि खाली रहेको इलाम २ मा १५ वैशाखमा उपनिर्वाचन हुँदैछ । एमाले अध्यक्ष केपी ओलीलगायत शीर्ष नेताहरूले उपनिर्वाचनमा नेम्वाङपुत्र सुहाङलाई उम्मेदवार बनाउने तयारी गरेको हो । उपनिर्वाचनको मिति तोकिएसँगै सुवासचन्द्रका छोरा सुहाङ पनि उम्मेदवार बन्ने चर्चा चलिरहेको थियो ।

सुवासपुत्र सुहाङले उपनिर्वाचनमा उम्मेदवार हुने इच्छा जनाउँदै निवेदन दिन लागेको बताए । सुहाङसहित एमाले इलामका उपसचिव रवीन्द्र सुवेदी, बुद्धि खनाल, देवी क्षेत्री दुलालले पनि दाबेदारी प्रस्तुत गरेका छन् ।

प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  १४:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update