Kath khabar
आगलागीबाट ३० लाखको क्षति

 राजविराज (सप्तरी), चैत ३ ।सप्तरीको राजविराजस्थित रुपनी रोडमा रहेको कृष्णा लेडिज एन्ड जेन्स टेलर्समा आज भएको आगलागीबाट क्षति  भएको छ  । 

 आगलागीबाट उक्त टेलर्समा रहेका १९ वटा कपडा सिउने मेसिन, चारवटा विद्युतीय मेसिन र ग्राहकले सिउन दिएका  कपडासहित रु ३० लाख बराबरको क्षति भएको टेलर्स सञ्चालक रोहितकुमार साहले राससलाई जानकारी दिनुभयो । आगलागीको कारणबारे कुनै जानकारी प्राप्त भएको छैन । 

    स्थानीयवासी, प्रहरी र राजविराजबाट आएका वारुणयन्त्रको सहयोगमा आगो निभाइएको थियो । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ  ।

प्रकाशित मिति: शनिबार, चैत ३, २०८०  १५:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update