Kath khabar
दुर्गा प्रसाईंको हतियारबारे छानबिन गर्न गृहले बनायो समिति

 

                      काठमाडौं, चैत १६ । दुर्गा प्रसाईंको नाममा रहेको हतियारको इजाजतपत्र र नवीकरणबारे छानबिन गर्न सरकारले समिति गठन गरेको छ ।

गृहमन्त्री लामिछानेले गृहका सहसचिव राजेन्द्रदेव पाण्डेको संयोजकत्वमा ४ सदस्यीय छानबिन समिति गठन गरेका हुन् । समितिमा गृहका उपसचिव ऋषि पौडेल, प्रहरी उपरीक्षक सन्तोष भट्टराई र गृहका उपसचिव एकदेव अधिकारी सदस्य रहेका छन् ।

प्रसाईंबाट बरामद भएको हतियार प्रसाशनबाटै इजाजत लिएको देखिएकाले यसबारे छानबिन गर्न सर्वोच्च अदालतले आदेश दिएको थियो । सर्वोच्चको आदेशपछि गृहमन्त्री लामिछानेले छानबिन समिति गठन गरेका हुन् ।

मुलुकी अपराध संहिता, २०७४ को दफा १३१ को उपदफा (१) मा खास किसिमका हातहतियार प्राप्त गर्न नहुने व्यवस्था छ । सोही उपदफाको (घ) मा जुनसुकै प्रकारको राइफल तथा त्यसको खरखजना समावेश गरी त्यस्ता हतियार राख्ने इजाजत प्राप्त गर्न नसकिने उल्लेख छ।

गत चैत ५ गते सर्वोच्च अदालत परिसरबाट प्रहरीले सो हतियारसहित प्रसाईंका बडीगार्डलाई पक्राउ गरेको थियो । उनीहरूलाई छाड्न पनि सर्वोच्चले आदेश दिइसकोको छ।

 

प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  १३:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update