Kath khabar
भक्तपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

 

             भक्तपुर, चैत १६ । भक्तपुरको मध्यपुरठिमी नगरपालिका–२ सानोठिमीस्थित सडकमा पुरानोठिमीबाट पेप्सीकोलातर्फ जाँदै गरेको अल्फाबेट नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट पैदलयात्री मध्यपुरठिमी नगरपालिका–२ सानोठिमी बस्ने ६२ वर्षीय राम थापा मगरको बिहीबार बेलुकी मृत्यु भएको छ ।

ठक्करबाट  गम्भीर घाइते भएका उनको मध्यपुर अस्पताल ठिमीमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने मोटरसाइकल र चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यस्तै, ललितपुरको महाङ्काल गाउँपालिका–५ चन्दनपुरस्थित सडकमा कालेश्वरबाट बतासेडाँडा चन्दनपुर गैरीगाउँतर्फ जाँदै गरेको बा.९४ प ६३४६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई गएराति दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ५२ वर्षीय रमेश प्रसाद बजगाईको घटनास्थलमै मृत्यु भएको छ । 

 

 

प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  १४:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update