Kath khabar
उप निर्वाचनका लागि उम्मेदवारको नामावली आज सार्वजनिक गरिदैं

                  काठमाडौं, चैत २६ । वैशाख १५ मा हुने उप निर्वाचनका लागि आज उम्मेदवारको नामावली आज सार्वजनिक गरिदैँछ ।
 
निर्वाचन आयोगका अनुसार उम्मेदवार विरुद्ध उजुरीका लागि हिजो बिहान १० बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरिएको थियो । तर, साँझ ५ बजे आयोगले कुनै पनि उम्मेदवार विरुद्ध उजुरी नपरेको जनाएको थियो । हिजो साँझ उम्मेदवारको मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गरिसकेको छ ।

आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार अनुसार चैत २६ गते अपराह्न ५ देखि साँझ ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ । उम्मेदवारहरूलाई आफ्नो उम्मेदवारी फिर्ता लिन, उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम चैत २७ गते भोलि बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकेको छ।

आगामी वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ (१) मा उपनिर्वाचन गर्ने तयारी स्वरूप आयोगले प्रक्रिया सुरु गरेको हो । 

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  ११:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update