Kath khabar
सार्वजनिक पद धारण गरेका व्यक्तिको सम्पत्ति छानबिन गर्न नेपाली कांग्रेसको माग


                         काठमाडौं, चैत २८ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सार्वजनिक पद धारण गरेका व्यक्तिको सम्पत्ति छानबिनका लागि माग गरेको छ ।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ, “विगतदेखि हामीले माग गर्दै आएको २०४७ सालयता सार्वजनिक पद धारण गर्ने व्यक्तिको सम्पत्तिउपर उच्चस्तरीय छानबिन समिति गठन गरौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले (रास्वपा)ले अहिले यही माग अघि सारेको छ, त्यो उपयुक्त छ ।” सहकारी ठगीका साथै विसं २०४७ यता भएका सम्पूर्ण ठगीको छानबिनका लागि उच्चस्तरीय स्वतन्त्र छानबिन समिति गठन गर्नुपर्ने उहाँले बताउनुभयो ।

यसअघि नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ, सहमहामन्त्रीद्वय बद्रीप्रसाद पाण्डे र जीवन परियारले सार्वजनिक पद धारण गरेका व्यक्ति र उनीहरुका परिवारको सम्पत्ति छानबिन गर्नुपर्ने सार्वजनिक महत्वको प्रस्ताव संसद्मा दर्ता गराउनुभएको थियो ।
 

 

 

प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  १०:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update