Kath khabar
माइतीघरदेखि बानेश्वरसम्म कायम गरिएको निषेधित क्षेत्र हटाइयो

                      काठमाडौं, चैत ३० । सरकारले काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म कायम रहेको निषेधित क्षेत्र हटाएको छ।

गृहमन्त्री रवि लामिछानेले नयाँ बर्षसँगै तीन सुरुवात गरेको जानकारी गराउँदै निषेधित क्षेत्र हटाईएको र ठमेल र दरबारमार्ग अब २४सै घण्टा खुला रहने जानकारी दिनुभएको हो । उहाँका अनुसार ठमेल र दरवारमार्ग क्षेत्र व्यापारिक प्रयोजनका लागि स्पष्ट मापदण्ड, आचारसंहिता र पूर्ण सुरक्षा प्रत्याभूतिसहित नयाँ वर्ष २०८१ सँगै  २४ सै घण्टा खुल्नेछ।

यस्तै, प्रदर्शनका क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति पुर्‍याए क्षतिको विवरण यकिन गरी बिगो कायम गरिने जानकारी पनि उहाँले दिनुभएको छ ।

गृहमन्त्री  लामिछानेले लेख्नु भएको छ-

नयाँ वर्षसँगै तीन सुरुवात–

- काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म कायम निषेधित क्षेत्र हटाइएको छ।

- ठमेल र दरवारमार्ग क्षेत्र व्यापारिक प्रयोजनका लागि स्पष्ट मापदण्ड, आचारसंहिता र पूर्ण सुरक्षा प्रत्याभूतिसहित नयाँ वर्ष २०८१ सँगै २४ सै घण्टा खुल्दै छ।

- शान्तिपूर्ण आन्दोलन गर्न पाउने अधिकारप्रति सम्मान छ। यो लोकतन्त्रको सौन्दर्य हो। तर, आन्दोलनको क्रममा सार्वजनिक सम्पत्ति तोडफोड गर्न पाइँदैन। त्यसैले, आन्दोलनका क्रममा भएको वा हुने क्षतिको भर्पाईका लागि आयोजक (व्यक्ति, संस्था वा दल)लाई बिल पठाउने र सरकारी बाँकी सरह उठाउने निर्णय भएको छ। मैले कार्यकाल सुरु गरेपछिका प्रदर्शनका क्रममा भएका सार्वजनिक क्षतिको विवरण संकलन भइरहेको छ। बिल चाँडै पठाइने छ।

नयाँ वर्ष २०८१ को शुभकामना।

 

प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  २२:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update