Kath khabar
नवनियुक्त महालेखापरीक्षक रायाद्वारा सपथ ग्रहण


                      काठमाडौं, वैशाख ६ । नवनियुक्त महालेखापरीक्षक तोयम रायाले आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको सपथ लिनुभएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलेको समुपस्थितिमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रष्ठले रायालाई सपथ गराउनुभएको हो । सो अवसरमा उपराष्ट्रपति रामसहाय यादव र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपस्थिति हुनुहुन्थ्यो ।

संवैधानिक परिषद्को सिफारिस र सङ्घीय संसदअन्तर्गत संसदीय सुनुवाई समितिमा सुनुवाइ भएपछि रायालाई राष्ट्रपति पौडेलले महालेखापरीक्षक पदमा नियुक्त गर्नुभएको थियो ।  

यसअघि राष्ट्रिय तथ्याङ्क कार्यालय, थापाथलीमा प्रमुख तथ्याङ्क अधिकारीको भूमिकामा रहनुभएका रायाले अर्थ मन्त्रालय, उपराष्ट्रपतिको कार्यालय, उद्योग, वाणिज्य तथा आपूति मन्त्रालयमा सचिवको जिम्मेवारी सम्हाल्नुभएको थियो ।
 

 

प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  १६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update