Kath khabar
एमाले अध्यक्ष ओली अस्वस्थ्य


                   काठमाडौं, वैशाख ९ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली अस्वस्थ्य हुनुभएको छ ।

अस्वस्थ्य भएपछि उहाँ अहिले घरमै आराम गरिरहनुभएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार अध्यक्ष ओलीलाई रुघाखोकी, टाउको दुख्ने जस्ता समस्या देखिएकोले घरमा आराम गरिरहनु भएको छ ।

अध्यक्ष ओली अस्वस्थ्य भएपछि ललितपुर, गोदावरीमा जारी सो पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको अध्यक्षता वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गर्नुभएको प्रमुख गौतमले जानकारी दिनुभयो ।
 

 

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  १९:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update