Kath khabar
बझाङ उपनिर्वाचनः मतगणना सुरु


                       चैनपुर (बझाङ) वैशाख १६ । बझाङ प्रदेशसभा १ मा भएको उपनिर्वाचनको मतगणना सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेका अनुसार सर्वदलीय बैठकले आचारसंहितामा तयार गरेसँगै २ः२० बजेदेखि मतगणना सुरु भएको हो ।

मतगणना दुई ठाउँमा गर्ने तयारी भएको उहाँले बताउनुभयो । शनिबार भएको उपनिर्वाचनमा यहाँ ४९ दशमलव १२ प्रतिशत अर्थात् ३० हजार ३२८ मत खसेको थियो । सुरुवाती समयमा छविसपाथिभेरा गाउँपालिका १ र २ को मतगणना भइरहेको छ । यहाँ प्रदेशसभा सदस्यका लागि विभिन्न राजनीतिक दलका ११ उम्मेदवार प्रतिस्पर्धामा छन् ।
-

 

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १४:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update