Kath khabar
बझाङ उपनिर्वाचन : एमालेका उम्मेदवार दमनबहादुर भण्डारी विजयी


                       बझाङ, वैशाख १७ । बझाङ–१ प्रदेशसभा (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार दमनबहादुर भण्डारी विजयी हुनुभएको छ । मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले भण्डारी ११ हजार छ सय १२ मत प्राप्त गरी विजयी हुनुभएको जानकारी दिनुभयो ।

लामिछानेका अनुसार भण्डारीका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले ११ हजार तीन सय ४६ मत प्राप्त गर्नुभयो । साथै  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार जनकबहादुर बुढाले तीन हजार नौ सय ६७ र  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का दिलबहादुर सिंहले दुई हजार पाँच सय १३ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत लामिछानेले जानकारी दिनुभयो ।
 

 

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १४:००
प्रतिक्रिया दिनुहोस्
Weather Update