Kath khabar
छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

काठमाडौं, वैशाख  २०  | सर्लाहीको बलरा नगरपालिका–९ अचलगढस्थित सडकमा भारतबाट गडहियातर्फ आउँदै गरेको हाल नम्बर नखुलेको मोटरसाइकल आफै अनियन्त्रित भई बुधबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार रौतहट यमुनामाई गाउँपालिका–४ सरूअठा बस्ने ४० वर्षीया रिता देवीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार मोटरसाइकल र चालकको प्रहरीले खोजी गरिरहेको छ । 

सर्लाहीको मलंगवा नगरपालिका–१ भेडियाहीस्थित सडकमा बिआर ३० के ६६८८ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही नगरपालिका–१ बस्ने ६५ वर्षीया मलकिनया देवीको बुधबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


चितवनको रत्ननगर नगरपालिका–४ वडा कार्यालय नजिक सडकमा ना.२२ प ३४४४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका–३ बस्ने १८ वर्षीय सुमित महतो र २२ वर्षीय जीवन चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  १५:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update