Kath khabar
आगोले जलेर तीन जनाको मृत्यु

काठमाडौं, वैशाख  २०  | कास्कीको अन्नपूर्ण गाउँपालिका–४ बस्ने ७७ वर्षीय लिलाधर जैसीको आगोले जलेर बुधबार बेलुकी मृत्यु भएको छ । सोही ठाउँस्थित राम्चे सामुदायिक जंगलमा लागेको आगो निभाउने क्रममा जलेर गम्भीर घाइते भएका उनको पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । 


धादिङको थाक्रे गाउँपालिका–५ गैरिखर्क बस्ने ७० वर्षीय तेज बहादुर लामा र उनकी श्रीमती ७० वर्षीया ठुली तामाङको आगोले जलेर बुधबार राति मृत्यु भएको छ । लामाको घरमा करेन्ट सर्ट भई आगलागी हुँदा उनीहरू जलेर मृत्यु भएको अवस्थामा फेला परेका हुन् । आगलागीबाट घर पूर्ण रूपमा जलेर करिब १२ लाख रूपैयाँ बराबको धनमाल नष्ट भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  १५:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update