Kath khabar
पौडी खेल्ने क्रममा बेपत्ता बालकको शव सशस्त्र प्रहरीको गोताखोरले निकाल्यो

काठमाडौं, वैशाख २३। पोखरा महानगरपालिका– १८ खपौदी स्थित हर्पन खोलामा पौडी खेल्नेक्रममा बेपत्ता एक बालकको शव सशस्त्र प्रहरीको गोताखोरले निकालेको छ ।


पोखरा महानगरपालिका– ५ मालेपाटन बस्ने अन्दाजी वर्ष १४÷१५ को सोनम सुवेदी आइतबार दिउँसो पौडी खेल्नेक्रममा सो खोलामा डुबेर बेपत्ता भएका थिए । सुवेदी बेपत्ता भएपछि उनि सँगै पौडी खेल्न गएका अर्का बालकले स्थानीय मार्फत सशस्त्र प्रहरीलाई जानकारी गराएका थिए । 


दिउसो १३ः३० बजे खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल नं.२४ कालिका गण कास्कीबाट परिचालन भएको विशेष विपद् उद्धार एवं गोताखोर टोलीले हर्पन खोलाबाट १४ः२० बजे बालकको शव निकालेको हो । थप प्रक्रियाका लागि उनको शव नेपाल प्रहरीलाई बुझाइएको छ । 
 

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  २०:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update