
काठमाडौं, असार २८ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सर्वोच्च अदालतको फैसलाको प्रशंसा गर्नुभएको छ । उहाँले सर्वोच्च अदालतको फैसलाले संविधान, संसद् र लोकतन्त्र बचाएको बताउनुभएको छ ।
सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको निर्णयलाई सर्वोच्च अदालतले बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेपछि नेपालले प्रतिक्रिया दिदै फैसला प्रशंसायोग्य भएको बताउनु भएको हो । ‘सर्वोच्च अदालतको फैसलाबाट संसद् मात्रै ब्यूतिएको छैन । संविधान र लोकतन्त्रलाई पनि जीवित राखेको छ’, नेता नेपालले भन्नुभयो ।
‘अदालतले संविधानको रक्षा गरेको छ । संविधानमा केहि अस्पष्टता हटाउन सर्वोच्चको निर्णयले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । मुलुकमा राजनीतिक स्थितिरताको निम्ति यो निर्णयले राम्रो भूमिका खेल्ने छ भन्ने विश्वास छ,’ नेपालले भन्नुभयो ।