Kath Khabar
सर्वोच्चको निर्णय पछि कमल थापाको प्रतिक्रिया : सर्वोच्च अदालतमा आज गोरु व्यायो 

काठमाडौं, असार २८ । राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष कमल थापाले सर्वोच्च अदालतको निर्णय आए सँगै सर्वोच्च अदालतमा आज गोरु व्यायो भन्दै प्रतिक्रिया व्यक्त गर्नुभएको छ।

उहाँले वरिष्ठ राजनीतिज्ञ स्व. राजेश्वर देवकोटाको शब्द सापटी लिएको भन्नुहुँदै सर्वोच्च अदालतमा आज गोरु व्यायो, राजनीतिक फैसला, कार्यान्वयनमा जटिलता, देश अस्थिरतमा फस्ने खतरा भयो भन्ने प्रतिक्रिया दिनुभएको छ । नेता थापाले ट्वीट् गर्दै सो कुरा व्यक्त गर्नुभएको हो। 

सोमबार सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको निर्णयलाई सर्वोच्च अदालतले बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको छ।

प्रकाशित मिति: सोमबार, असार २८, २०७८  १५:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update