Kath Khabar
संसदीय व्यवस्था र दलीय प्रणालीमाथि गम्भीर आघात : शङ्कर पोखरेल

काठमाडौं, असार २८ । नेकपा एमालेका नेता शंकर पोखरेलले सर्वोच्च अदालतको आदेशले संसदीय व्यवस्था र दलीय प्रणालीमाथि गम्भीर आघात पुर्याएको बताउनु भएको छ ।

‘संसदीय व्यवस्था र दलीय प्रणालीमाथि गम्भीर आघात । सुदूर भविष्यसम्म नेपाल र नेपाली जनले अस्थिरताको दुश्चक्र बेहोर्नुपर्ने भयो’, नेता पोखरेलेले भन्नुभयो । अदालतले प्रतिनिधि सभा पुनःस्थापनाको फैसला गरेपछि सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको निर्णयलाई सोमबार सर्वोच्च अदालतले बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित संवैधानिक इजलासले नेपाली कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्री बनाउन र प्रतिनिधि सभा पुर्नस्थापना गर्न पनि आदेश दिएको हो ।   

 

प्रकाशित मिति: सोमबार, असार २८, २०७८  १५:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update