
काठमाडौं, असार २८ । जनता समाजवादी पार्टी संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले सर्वोच्च अदालतको निर्णय पछि खड्गप्रसाद एण्ड कम्पनीको असंवैधानिक/प्रतिगमनकारी हर्कतलाई सर्वोच्च अदालतले पुनः एकपटक रोकेको बताउनु भएको छ ।
उहाँले खड्गप्रसाद एण्ड कम्पनीको असंवैधानिक/प्रतिगमनकारी हर्कतलाई सर्वोच्च अदालतले पुनः एकपटक रोकेकामा सर्वोच्च अदालतलाई र यस अभियानमा संलग्न सबैलाई हार्दिक बधाई एवं धन्यावद व्यक्त गर्नु भएको छ । अध्यक्ष भट्टराईले ट्वीट गर्दै अब कुनै किन्नुपरन्तु गर्ने ठाँउ छैन। संविधानलाई ट्रयाकमा ल्याएर प्रतिनिधिसभाबाट स्थीर सरकार दिउँ, प्रतिगमनकारीलाई दण्डित गरौं भन्नु भएको छ ।
सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको निर्णयलाई सोमबार सर्वोच्च अदालतले बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित संवैधानिक इजलासले नेपाली कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्री बनाउन र प्रतिनिधि सभा पुनःस्थापना गर्न पनि आदेश दिएको हो ।