सर्वोच्चको फैसलाविरुद्ध एमालेको ओली पक्षको प्रदर्शन

काठमाडौं, असार २८ । सर्वोच्च अदालतको फैसलाको विरुद्धमा नेकपा एमालेको केपी ओली पक्षले सडकमा प्रदर्शन गरेको छ । सर्वोच्च अदालतले क्षेत्राधिकार बाहिर गएर प्रधानमन्त्री हटाउने र नियुक्त गर्ने आदेश दिएको भन्दै युवा सङ्घ नेपालले माइतीघर मण्डलमा प्रदर्शन गरेका हुन्। सर्वोच्च अदालतको निर्णय एक पक्षीय भएको प्रदर्शनकारीहरुको भनाई रहेको छ।
सर्वाेच्च अदालतले सोमवार प्रतिनिधि सभा विघटन मुद्दा बदर गर्दै सर्वाेच्चले देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको हो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित संवैधानिक इजलासले नेपाली कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्री बनाउन र प्रतिनिधि सभा पुनर्स्थापना गर्न पनि आदेश दिएको हो ।
प्रकाशित मिति: सोमबार, असार २८, २०७८ १५:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय