Kath Khabar
सर्वोच्च अदालतले संविधान र लोकतन्त्र रक्षा गर्यो : सभापति देउवा

काठमाडौं, असार २८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतको फैसलाले संविधान र लोकतन्त्र रक्षा गरेको बताउनु भएको छ ।

सर्वोच्च अदालतको निर्णयको स्वागत गर्दै उहाँले भन्नुभयो प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसलाबाट संविधान र लोकतन्त्र रक्षाका लागि मद्दत पुगेको बताउनु भएको छ ।  न्यायालय स्वतन्त्र रहेको पुष्टि भएको छ भने अब मुलुकमा विधिको शासन कायम हुने समेत उहाँले बताउनु भएको छ ।

‘ओलीजीले बारम्बार संविधान मिच्नुभएको थियो । हामीले असंवैधानिक कदमको विरोध गर्दै आएका थियौँ । सर्वोच्चको आदेशपछि विधिको शासनको जित भएको छ’, देउवाले भन्नुभयो । उहाँले संसद पुनःस्थापनाको पक्षमा रहेका सबै दलसँग छलफल र परामर्श गरेर अगाडि बढ्ने समेत बताउनु भएको छ । ‘गठबन्धनको बैठक बस्दैछौँ । सबैसँग सल्लाह गरेर अगाडि बढ्छु’, देउवाले भन्नुभयो ।

सर्वोच्चले संसद पुनःस्थापनासँगै देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश समेत जारी गरेको छ ।

 

प्रकाशित मिति: सोमबार, असार २८, २०७८  १६:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update