Kath Khabar
सर्वोच्च अदालतको फैसलालाई जित हारको रुपमा नलिन कांग्रेसको अपिल

काठमाडौं, असार २८ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सर्वोच्च अदालतको फैसलालाई जित हारको रुपमा नलिन अपिल गरेको छ ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतबाट प्रतिनिधि सभा पुनःस्थापना भएको विषयलाई जित र हारका रूपमा नलिन आग्रह गर्नुभएको छ।

‘देश र जनताको हितमा संयम र एकतासाथ समर्पित भएर कार्य गर्न हामी सबैलाई फैसलाले अझ जिम्मेवार बनाएको छ। कसैले पनि यसलाई ब्यक्तिगत जीत हारको बिषयका रूपमा नलिई लोकतन्त्र, लोकतान्त्रिक संविधान अनि समग्रमा देश र जनताको हितमा उपयोग गरेर जानुपर्दछ भन्ने अपील र आग्रह पनि म गर्न चाहन्छु,’ देउवाले भन्नु भएको छ।

साथै उहाँले सर्वोच्चको फैसला ऐतिहासिक बताँउदै फैसलाको स्वागत गर्नुभएको छ। सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको निर्णयलाई सोमबार सर्वोच्च अदालतले बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित संवैधानिक इजलासले नेपाली कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्री बनाउन र प्रतिनिधि सभा पुनःस्थापना गर्न पनि आदेश दिएको हो ।   

प्रकाशित मिति: सोमबार, असार २८, २०७८  १८:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update