Kath khabar
जडीबुटीमा टिपर र स्कुटर ठोकिएर घाइते भएकी महिलाको मृत्यु

 

                      काठमाडौं, असार ८ । काठमाडौँ महानगरपालिका–३२ जडीबुटीस्थित आकाशेपुल नजिक सडकमा टिपर र स्कुटर ठोकिएर घाइते भएकी महिलाको मृत्यु भएको छ ।

जडिबुटी आकाशेपुल नजिक सडकमा बा.३ क ३०५३ नम्बरको टिपर र बा.प्र.०२–०३९ प ९९५२ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई शुक्रबार दिउँसो दुर्घटना हुँदा स्कुटरमा सवार ललितपुर सानागाउँ बस्ने ४३ वर्षीया लक्ष्मी देवी श्रेष्ठको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका स्कुटर चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारबाही भइरहेको प्रहरीले जनाएको छ ।

 

 

 

प्रकाशित मिति: शनिबार, असार ८, २०८१  २२:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update