Kath khabar
सवारी दुर्घटनामा एक जनाको मृत्यु


                      काठमाडौं, असार २१ । काठमाडौं महानगरपालिका–१ म्यारियट होटलस्थित सडकमा बा.२ ख ९६२३ नम्बरको ट्याङ्करले बा.प्र.०२–०४३ प २१२९ नम्बरको स्कुटरलाई बिहीबार दिउँसो ठक्कर दिँदा स्कुटरमा सवार काठमाडौं सितापाईला बस्ने ६१ वर्षीय ध्वोज बिष्टको बिहीबार दिउँसो मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको हिमाल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  १५:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update