निर्वाचन आयोगद्धारा प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७८ को निर्वाचन कार्यतालिका रद्ध

काठमाडौं, असार ३० । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७८ को निर्वाचन कार्यतालिका रद्ध गरेको जानकारी दिएको छ । आयोगका सहसचिव एवं प्रवक्ता राजकुुमार श्रेष्ठका अनुसार निर्वाचन आयोगले सम्मानीत सर्वोच्च अदालतबाट यही असार २८ गतेमा भएको आदेश बमोजिम मिति २०७८/७/२६ गते शुक्रबारका दिन पहिलो चरणमा र मिति २०७८/८/३ गते शुक्रबारका दिन दोस्रो चरणमा सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७८ को लागि आयोगबाट मिति २०७८/३/२१ मा स्वीकृत भएको निर्वाचन कार्यतालिका रद्ध गर्ने निर्णय गरेको हो ।
प्रकाशित मिति: बुधबार, असार ३०, २०७८ १६:२५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय