Kath Khabar
समर्थन फिर्ता लिने बिषयमा माओबादीको बैठक बस्दै, सोहि समयमा एमालेको बैठकमा महाधिबेशनको छलफल

काठमाडौं, बैशाख ६ । नेपाल कम्युनिष्ट पार्टि  माओबादी केन्द्रको स्थायि समितिको बैठक सोमबार  दिउसो १ बजे बस्ने भएको छ। जसमा सरकारलाई दिदै आएको समर्थन फिर्ता लिने वा यथावत नै राख्ने भन्ने बिषयमा बिशेष छलफल हुनेछ। माओबादी केन्द्रको मूख्य कार्यालय पेरिसडाँडामा पछिल्लो समय केपी ओली सरकार ढाल्न विभिन्न छलफल हुँदै आएपनि ठोस  सहमति हुन सकेको छैन । विभिन्न दलबिच सहमति हुन नसक्दा सरकार अल्पमतमा परेर नयाँ सरकार गठन हुन नसक्ने दलहरुमा भय छ। जसका कारण नै माओबादी केन्द्रले समर्थन फिर्ता लिन सकेको छैन।

यता सरकारमा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने महाधिवेशन आयोजक कमिटीको बैठक आह्वान गर्नुभएको छ। जसमा राजनीतिक प्रतिवेदन, महाधिवेशनको तयारी, उपनिर्वाचनको तयारीलगायतका विषयमा छलफल हुने  भएको छ । तर यसमा झलनाथ खनाल र माधव नेपाल पक्षका नेताहरु भने सहभागी नहुने भएका छन् । बैठक सोमबार दिउँसो एक बजे नै प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ ।

 

 

 

 

प्रकाशित मिति: सोमबार, वैशाख ६, २०७८  ०९:११
प्रतिक्रिया दिनुहोस्
Weather Update