एमाले स्थायी समितीको बैठकमा नेपाल पक्ष आजपनि अनुपस्थित
काठमाडौं, साउन ३ । आज आईतबार सुरु भएको एमाले स्थायी समितीको बैठकमा माधवकुमार नेपाल पक्ष पुन अनुपस्थित भएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा आज मध्यान्हदेखि सुरु भएको बैठकले नेपाल पक्ष अनुपस्थित भएका हुन् ।
आज मध्यान्हदेखि बैठक सुरु भएता पनि नेपाल पक्षका भने कुनै पनि सासंदहरु बैठकमा सहभागी भएका छैनन् । यसअघि शुक्रबारको बैठकमा पनि नेपाल पक्षको सहभागिता रहेको थिएन । प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिन लाग्नुभएको छ । प्रधानमन्त्री देउवाले बिश्वासको मत लिने तयारी गरिरहंदा भएको एमाले स्थायी समितीको बैठकलाई अर्थपुर्णरुपमा हेरिएको छ ।
प्रकाशित मिति: आइतबार, साउन ३, २०७८ १३:१९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय