Kath Khabar
जसपा सांसदले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने 

काठमाडौं, साउन ३ । जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ। आइतबार बसेको जसपा पदाधिकारी बैठकले देउवालाई विश्वासको मत दिने निर्णय गरेको हो ।

बैठकमा १९ जना सांसद उपस्थित थिए । तीमध्ये दुई जना राष्ट्रिय सभा सदस्य हुन् । यादव पक्षका १२ जनाले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्नुभएको छ ।

जसपाका अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका केही सांसद अहिले उपेन्द्रतिर आउनु भएको छ। देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतमा रिट दायर गर्दाको अवस्थामा यादव पक्षमा १२ सांसद थिए।

जसपाको महन्थ ठाकुर पक्षमा रहेका सांसदहरु अहिले यादव पक्षमा आउनु भएको हो। शनिबार मात्रै अमृता अग्रहरी, नरमाया ढकाल, प्रमोद साह, रुही नाज यदाव र रानी मण्डल यादव पक्षमा आउनु भएको हो। 

प्रकाशित मिति: आइतबार, साउन ३, २०७८  १६:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update