प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच टेलिफोन वार्ता

काठमाडौं, साउन ४ । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच टेलिफोन वार्ता भएको छ । परराष्ट्र मन्त्रालयले दिएको जानकारी अनुसार प्रधानमन्त्री देउवा र मोदीबिच आज सोमबार टेलिफोन वार्ता भएको हो ।
सो क्रममा भारतीय प्रधानमन्त्री मोदीले नेपाललाई तत्कालै कोरोना खोप उपलब्ध गराउने आस्वासन दिएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
प्रकाशित मिति: सोमबार, साउन ४, २०७८ १६:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय