Kath Khabar
सत्ता परिवर्तनसँगै राष्ट्रिय योजना आयोगको उपाध्यक्षका लागि दौडधूप सुरु 

काठमाडौं, साउन ६ । सत्ता परिवर्तन सँगै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष बन्नका लागि चार जनाको दावेदारी रहेको छ । विज्ञता भन्दा पनि दलगत स्वार्थका कारण सत्ता परिवर्तन सँगै आयोगका उपाध्यक्ष पदका लागि चार जना विज्ञहरु दावेदारी प्रस्तुत अघि बढेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आयोगको उपाध्यक्षमा डा. शंकर शर्मालाई रोज्नु भएको छ । डा. शंकर शर्मा सहित डा. विश्व पौडेल, डा. प्रभू बुढाथोकी र डा.तिलक रावललाई अयोगका उपाध्यक्षका लागि दावेदारी मानिएको छ । 

अमेरिकाका लागि नेपाली राजदूतको रूपमा काम गरिसकेका शर्मालाई प्रधानमन्त्री देउवाले रुचाउनु भएको छ। त्यस्तै, डा. रावल राष्ट्र बैंकका पूर्वगर्भनर हुनुहुन्छ भने डा.बुढाथोकी योजना आयोगका पूर्वसदस्य हुनुहुन्छ । उहाँ देउवा निकट हुनुहुन्छ । यता डा.पौडेले भने युवा अर्थशास्त्री हुनुहुन्छ ।  

आयोगले बजेट निर्माण, कार्यान्वयन, अनुगमन, आवधिक योजनाहरु निर्माणमा महत्वपपूर्ण भूमिका खेल्नुको साथै राष्ट्रिय गौरवका आयोजनालाई समेत नजिकबाट हेर्न गर्छ । आफ्नो दक्षता प्रस्तुत गर्ने मुलुकको अर्थतन्त्रको मुहार परिवर्तन गर्न सक्ने संस्थाको रुपमा आयोगलाई हेर्ने गरेको पाईन्छ। जसले गर्दा आयोगको उपाध्यक्ष पद महत्वपूर्ण मानिन्छ । 

निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा आयोगका उपाध्यक्ष प्रा.डा.पुष्पराज कँडेल हुनुहन्थ्यो । आयोगका अध्यक्ष भने प्रधानमन्त्री हुने व्यवस्था हुदाँ आयोगका पूर्ण जिम्मेवारी भने प्रधानमन्त्री देउवाको हकमा हुनेछ । आयोगमा एक उपाध्यक्ष र छ जना सदस्य हुन्छन् । सत्ता परिवर्तन सँगै अयोगको उपाध्यक्षमा कांग्रेस निकट चार जना विज्ञहरुको दावेदारी प्रस्तुतले गर्दा मुलुकभर चार जना अर्थात् कांग्रेस निकट विज्ञ तथा उपाध्यक्ष हुन सक्ने क्षमता छ भनि प्रश्न समेत उठाएको छ। 

प्रकाशित मिति: बुधबार, साउन ६, २०७८  १७:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update