Kath Khabar
योजना आयोगको उपाध्यक्षमा विश्व पौडेल नियुक्त

काठमाडौं, साउन १२ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अर्थविद् विश्व पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई उपाध्यक्ष नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । यस्तै, आयोगको सदस्यहरुमा रामकुमार फुयाँल र दिलबहादुर गुरुङलाई नियुक्त गरिएको छ ।

अर्थशास्त्री पौडेलसँग अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को आर्थिक सल्लाहकारको रुपमा काम गरेको अनुभव छ । त्यस्तै, उहाँसँग योजना आयोगको आर्थिक सल्लाहकारका रुपमा काम गरेका अनुभव समेत रहेको छ । अमेरिकाको यूनिभर्सिटी अफ क्लालिफोर्नियाबाट विद्यावारिधी उपाधि प्राप्त गर्नुभएको पौडेल काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका ‘एसोसिएट प्रोफेसर’ हुनुहुन्छ ।

 

 

प्रकाशित मिति: मंगलबार, साउन १२, २०७८  २१:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update