
काठमाडौं, साउन १९ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्न निर्देशन दिनु भएको छ । प्राधिकरणको कार्यकारी निर्देशक पदमा घिसिङलाई नियुक्त गर्न प्रधानमन्त्री देउवाले ऊर्जा, जलस्रोत तथा सिचाँइमन्त्री पम्फा भुसाललाई निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
हाल प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य रहनु भएको छ । झण्डै एक वर्षअघि कार्यकाल पुरा भएपछि तत्कालीन केपी ओली सरकारले हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको कार्यकारीको जिम्मेवारी दिएको थियो । उहाँको काम सन्तोषजनक नभएको ठहर सहित देउवा सरकारले उहाँलाई हटाउने तयारी थालेको हो ।
दैनिक १४ घण्टे लोडसेडिङ अन्त्य गरेर जनतामाझ लोकप्रिय बन्नुभएका कुलमानले चार वर्षे अवधिमा लोडसेडिङ अन्त्य गर्नुका साथै प्राधिकरणलाई नाफामा लैजानु भएको थियो ।