सरकारद्धारा न्युनतम साझा कार्यक्रम तयार
कोभिड-१९ को महामारी नियन्त्रण तथा रोकथाम मुख्य प्राथमिकता
काठमाडौं, साउन २२ । सरकारले न्युनतम साझा कार्यक्रम तयार गरेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र नेकपा एमालेको माधव नेपाल पक्षको समर्थनमा बनेको गठबन्धन सरकारले आज शुक्रबार न्युनतम साझा कार्यक्रम तयार गरेको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले कोभिड-१९ को महामारीबाट उत्पन्न मानवीय संकटको समाधानलाई मुख्य प्राथमिकतामा राख्दै ११ बुँदे न्युनतम साझा कार्यक्रम तयार गरेको हो । न्यूनतम साझा कार्यक्रममा दलहरूबीच सहमतिका आधारमा संविधान संशोधनका लागि पहल गर्ने, संघीयता कार्यान्वयन तथा प्रदेश र स्थानीय तहको सबलीकरण गर्ने, अर्थतन्त्रको पुनरोत्थान गर्ने लगायतका बिषयहरु समेटिएकाछन् ।
प्रकाशित मिति: शुक्रबार, साउन २२, २०७८ १६:२९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय