रूपन्देहीमा विद्यार्थी बोकेको विद्यालयको बसमा आगलागी
बुटवल, वैशाख २५ । रूपन्देहीमा विद्यार्थी बोकेको विद्यालयको बसमा आगलागी भएको छ। शुद्धोधन गाउँपालिका ४ फर्साटिकरमा रहेको लिटिल फ्लावर हायर सेकेण्डरी स्कुलको बसमा बिहीबार बिहान आगो लागेको हो ।
लु१क १३२६ नम्बरको विद्यार्थी रहेको बस विद्यालय नजिकै पुगेपछि अचानक आगो लागेको स्थानीयले बताएका छन् । आगलागी भएपछि स्थानीयले मिलेर विद्यार्थीको उद्धार गरेका थिए ।
प्रहरी र दमकलको सहायतामा आगो नियन्त्रणमा आइसकेको छ । बस पूर्ण रूपमा क्षति भएको छ।
प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२ १२:५५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय