Kath Khabar
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूचि

                     काठमाडौं, असार ७ । आज शनिबार पनि प्रतिनिधिसभाको बैठक बस्दैछ । विहान ११ बजे बस्ने बैठकमा विभिन्न १० वटा मन्त्रालयको बजेट प्रस्तावमाथि छलफल हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

गत जेठ १५ गते सरकारले प्रस्तुत गरेको ‘विनियोजन विधेयक, २०८२’ माथिको छलफल संसदमा जारी छ । आजको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, रक्षा मन्त्रालय, खानेपानी मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको वार्षिक विनियोजन माथि छलफल हुनेछ ।

प्रकाशित मिति: शनिबार, असार ७, २०८२  ०७:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update