
काठमाडौं, असार १० । नेपाल वायुसेवा निगमले मध्यपूर्वभरि हवाई मार्गहरू पुनः खोलिएपछि मंगलबार दिउँसोदेखि रद्द गरिएको दोहा उडान पुनः सुरु गर्ने घोषणा गरेको छ।
एयरलाइन्सले पनि हिजो यात्रुलाई पर्नगएको असुविधाप्रति निगमले क्षमायाचना गर्दै हिजा रद्द भएको उक्त उडान आज दिउँसो १२ः०० बजे सञ्चालन हुने जानकारी दिएको छ । निगमले यात्रुहरूलाई समयमै विमानस्थलमा उपस्थित हुन अनुरोध गरेकाे छ ।
गएराति इरानले कतारमा रहेको अमेरिकी सैन्य अड्डामा आक्रमण गरेपछि नेपालका उडानहरू प्रभावित भएका थिए । इरानले कतारमा रहेका सैन्य अड्डामा मिसाइल प्रहार गरेपछि कतारले अस्थायी रूपमा हवाइ क्षेत्र बन्द गरेको थियो । जसकारण नेपालबाट कतार, दोहा उड्ने उडानहरू रद्द भएका थिए । अन्तरराष्ट्रिय उडान रद्ध भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु अलपत्र परेका हुन् । कतार लगायत विभिन्न देश जानका लागि एयरपोर्ट आइपुगेका नेपालीहरूको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिचल्ली भएको थियो।
काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको राजधानी दोहाका लागि सोमबार साँझ ६:३३ बजे काठमाडौँबाट उडेको कतार एयरवेज विमान इरानले दोहास्थित अमेरिकी बेसमा आक्रमण गरेपछि सुरक्षा सतर्कता स्वरूप ओमानमा डाइभर्ट गरिएको थियाे ।
इरानले अमेरिकाको आणविक केन्द्रमाथि भएको आक्रमणको बदला स्वरूप कतारस्थित अमेरिकी सैन्य अड्डामा मिसाइल आक्रमण गरेपछि कतारले अस्थायी रूपमा आफ्नो आकाश बन्द गरेको थियो।