काठमाडौंमा गुडिरहेको इलेक्ट्रिक स्कुटरमा आगलागी
काठमाडौं, असार ११ । काठमाडौंको रत्नपार्कमा बुधबार बिहान गुडिरहेको इलेक्ट्रिक स्कुटरमा आगलागी भएको छ । बागमती प्रदेश ०२-०१९ प ६२४५ नम्बरको स्कुटरमा करिब ९:४० बजेतिर आगलागी भएको हो ।
आगलागीको जानकारी पाउनासाथ नेपाल प्रहरीको टोली तत्काल घटनास्थल पुगेर आगो नियन्त्रणमा लिएको छ । स्कुटर चालक सकुशल रहेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित मिति: बुधबार, असार ११, २०८२ १३:५६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय