Kath Khabar
नेकपा एमालेले माग्यो सभापति खतिवडा र सचिवकाे राजीनामा

                         काठमाडौं, असार १८ । नेकपा (एमाले) ले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा र सचिव सुरजकुमार दुराको राजीनामा मागेको छ ।

एमाले सांसद पदम गिरीले समितिको बैठकमा सभापति खतिवडाको राजीनामा मागेका हुन् ।

‘यो नेपालको संसद्को इतिहासमा लज्जास्पद स्थिति हो । प्रतिवेदनमा समितिका सभापति र सचिवको हस्ताक्षर छ । हेर्ने अन्तिम दायित्व उहाँहरूको हो, जिम्मेवारी लत्याएर गैर जिम्मेवार बनेको देखियो । नैतिकताको हिसाबले जिम्मेवारीमा रहन मिल्दैन’,  सांसद गिरीले भने  ।

बुधबारको समिति बैठकमा बोल्दै एमाले सांसद पदम गिरीले दुवै अधिकारीलाई संसदलाई धोका दिएको आरोप लगाए र नैतिक आधारमा तुरुन्तै राजीनामा दिन आह्वान गरे। “समितिको सर्वसम्मत निर्णय विपरीत प्रतिवेदन पेश गर्नु संसदीय इतिहासमा लज्जास्पद कार्य हो,” उनले भने ।

प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, राप्रपा र रास्वपाले पनि खतिवडाको राजीनामा मागिरहेका छन् । संघीय निजामती सेवा विधेयकमा कुलिङ पिरियडको व्यवस्थाबारे भएको निर्णय एउटा र अन्तिममा पारित गर्ने बेलामा अर्कै बुँदा उल्लेख भएको विषयमा चर्को आलोचना भइरहेको छ। 

प्रकाशित मिति: बुधबार, असार १८, २०८२  १५:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update