Kath Khabar
नेपालमा जन्मिएर मात्र नेपाली हुने होइन, नेपाल नै हामी भित्र हुनुपर्छ- पूर्वराजा ज्ञानेन्द्र शाह

                        काठमाडौं, असार २३ । पूर्वराजा ज्ञानेन्द्र शाहले पूर्वराजा ज्ञानेन्द्र शाहले आज आफ्नो ७९औं जन्मदिन निर्मल निवासमा शुभेच्छुकहरूको शुभकामना लिएर मनाउनु भएकाे छ । पूर्वराजा ज्ञानेन्द्र शाहले शुभकामना लिने क्रममा सञ्चारकर्मीहरुसँग बोल्दै हामी नेपालमा जन्मिएर मात्र नेपाली हुने होइन, नेपाल नै हामी भित्र हुनुपर्छ अनि हामी नेपाली हुन्छौं भन्नुभएकाे छ । उहाँले अहिले नेपाल र नेपालीका लागि प्रार्थना गर्ने समय भएको बताउनु भयाे । 

पूर्वराजा शाहले भन्नुभएको छ - 

"आज हाम्रो जस्तै कति जनाको शुभदिन होला, उहाँहरुलाई मेरो तर्फ बाट शुभकामना दिन चाहन्छु । अहिलेको समय वर्षाको समय हो । वर्षाको समयमा बाढी, पहिरो, डुबान यस्तो सबै हुन्छ र पानीजन्य बिमारीहरु पनि हुन्छ । त्यसैले सबै दाजुभाइ दिदीबहिनीहरुलाई सतर्क रहनु र विचार गरेर बस्नु भन्ने मेरो आग्रह छ । सबैलाई मेरो हृदयदेखि धन्यवाद दिन चाहन्छु । यो समय नेपाल र नेपालीको लागि प्राथना गर्ने समय हो । हामी नेपालमा जन्मिएर मात्र नेपाली हुने होइन । नेपाल नै हामी भित्र हुनुपर्छ अनि हामी नेपाली हुन्छौं । तपाईंहरु सबैलाई धन्यवाद  ।" 

पूर्वराजा शाहलाई जन्मदिनको शुभकामना दिन निर्मल निवासमा शुभेच्छुकहरूको ठूलो भीड लागेको छ । जन्मदिनको अवसरमा शुभचिन्तकहरूकाे लागि आज निर्मल निवास सर्वसाधारणका लागि खुला गरिएको हाे ।

504378900_1276053347461401_5967919798256050140_n-1751886197.jpg

WhatsApp-Image-2025-07-07-at-14.19.00(1)-1751886198.jpeg
517561897_725235026883515_1443403228651935770_n-1751886201.jpg
 

 

 

प्रकाशित मिति: सोमबार, असार २३, २०८२  १६:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update