Kath Khabar
काठमाडौंबाट दाङ जाँदै गरेको बस दुर्घटना हुँदा २९ घाइते, तीन जनाको अवस्था गम्भीर

                                          कपिलवस्तु, असार २९ । काठमाडौंबाट दाङ जाँदै गरेको यात्रुवाहक बस आज बिहान कपिलवस्तुमा दुर्घटनाग्रस्त हुँदा २९ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ ।

३० जना यात्रु सवार बस आइतबार बिहान ३ बजेर ५५ मिनेट जाँदा पूर्व-पश्चिम राजमार्गको बुद्धभूमि नगरपालिका-९, बडवामा दुर्घटनामा परेको हो । काठमाडौंबाट दाङ जाँदै गरेको लुम्बिनी प्रदेश ०२-००१ ख ००४५ नम्बरको बस पूर्व-पश्चिम राजमार्गको बुद्धभूमि नगरपालिका-९, बेलनाडीमा नियन्त्रण गुमाएका कारण सडकबाट झरेर भिरालोमा खसेको थियो ।

सडकको दायाँतर्फ बस पल्टिएपछि बाटो अवरुद्ध भएको थियो । बस पल्टिएको ठाउँमा एकतर्फी मात्रै यातायात सञ्चालनमा भएका थिए । अहिले  गोरुसिंगेबाट क्रेन ल्याएर बसलाई घटनास्थलबाट हटाइएको छ । 

घाइतेहरु २६ जनाको संजिवनी सामुदायिक अस्पताल चन्द्रौटा कपिलवस्तुमा उपचार भइरहेको छ।

प्रकाशित मिति: आइतबार, असार २९, २०८२  १०:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update