Kath Khabar
अमेरिकामा कार दुर्घटनामा परी दुई नेपाली विद्यार्थीको मृत्यु
Symbolic image


                       काठमाडौं, असार ३१ । अमेरिकामा कार दुर्घटनामा परी दुई नेपाली विद्यार्थीको मृत्यु भएको छ । कार दुर्घटनामा लुइसियाना टेक विश्वविद्यालयमा अध्ययरत नेपाली विद्यार्थीहरू २२ वर्षीय राजन यादव र २० वर्षीय रोजिन ओलीको मृत्यु भएको हो । उक्त कारमा यादवसहित चार जना सवार थिए । अन्य दुई जना घाइते भएका छन् । 

जुलाई १३ काे राति ९ः०० बजेको केही समयमा यादवले चलाएकाे होन्डा एकर्ड कारकाे घातक दुर्घटना भएको थियो । उनीहरुको घटनास्थलमै मृत्यु भएको लुइसियाना प्रहरीले जनाएको छ । घाइते भएका दुईजनाको स्थानीय अस्पतालमा उपचार भइरहेको अन्तराष्ट्रिय समाचारहरुले उल्लेख गरेका छन् ।

प्रहरीका अनुसार २२ वर्षीय राजनको ठेगाना खुलिसकेको छैन भने २० वर्षका रोजिनको नेपालको ठेगाना दाङ हो ।

 

प्रकाशित मिति: मंगलबार, असार ३१, २०८२  १५:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update