सिमलतालबाट मिनी ट्रक त्रिशूली नदी किनारमा खस्दा दुई घाइते
चितवन, असार ३२ । नारायणगढ-मुग्लिन सडकखण्डमा पर्ने सिमलतालबाट मिनी ट्रक त्रिशूली नदी किनारमा खसेको छ । भारतबाट काठमाडौंतर्फ जाँदै गरेको यूपी ३२ जेड एन ७८८३ नम्बरको मेवा बोकेको मिनी ट्रक आफैं अनियन्त्रित भई सडकबाट ८० मिटर तल खसेको हो ।
दुर्घटनामा दुई जना घाइते भएका छन् । ट्रक चालक भारतको लखनउ बस्ने २१ वर्षीय आशिक यादव र सहचालक सोही ठाउँका २० वर्षीय उत्तर सिंह घाइते भएका हुन् । उनीहरु दुबैको भरतपुर अस्पतालमा उपचार भैरहेको छ ।
प्रकाशित मिति: बुधबार, असार ३२, २०८२ १२:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय