Kath Khabar
भक्तपुरमा बसले ठक्कर दिँदा एक महिलाको मृत्यु

                      भक्तपुर, साउन ६ । भक्तपुरको सूर्यविनायक नगरपालिका ८ स्थित इतम्बु चोकमा बसले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । 

आज बिहान काठमाडौँबाट बनेपातर्फ जाँदै गरेको बा ५ ख ४७८२ नं. को मयुर यातायातको बसले पैदलयात्री मंगलाछेँ घर भई हाल भक्तपुर आदर्श बस्ने वर्ष ७१ की सुवर्णकेशरी श्रेष्ठलाई ठक्कर दिदा मृत्यु भएको हो ।

बसको ठक्करले गम्भिर घाईते भएकी उनको उपचारका क्रममा भक्तपुर अस्पतालमा मृत्यु भएको हो ।

बसका चालक जिल्ला नुवाकोट शिवपुरी गाँउपालिका वडा नं. २ छाप घर भई काठमाडौँ नारायणस्थान बस्ने वर्ष २८ को निल कुमार तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: मंगलबार, साउन ६, २०८२  १४:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update