Kath Khabar
दुई दिन चलेको कांग्रेसका जिल्ला सभापति भेला मंगलबार बस्दै

काठमाडौं, साउन २६ । नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको भेला मंगलबार पनि काठमाडौंमा हुँदैछ । भेला समापन समारोहमा वरिष्ठ नेता रामचन्द्र पौडेललगायत नेताहरू पनि सहभागी हुनुहुने कार्यक्रम छ । ठमेलस्थित यात्री होटलमा दुईदिन चलेको भेला मंगलबार सकिदैछ ।

पौडेल दिउँसो २ बजे भेलास्थलमा सहभागी हुने उहाँको सचिवालयले जानकारी दिएको छ । जिल्ला सभापति भेलामा ३८ जिल्ला सभापतिहरू भौतिक रूपमा उपस्थित हुनुभएको छ भने १३ जिल्ला सभापति भर्चुअल रूपमा सहभागी हुनु भएको छ ।

सभापति भेलाले १४ औं महाधिवेशन समयमै गर्न सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराउने तयारी समेत गरेको छ । कांग्रेसको महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म गर्ने भने पनि अहिलेसम्म क्रियाशीलमा देखिएका विवाद समाधान गरिएका छैनन् । वडादेखि प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनका कार्यतालिका प्रभावित भए पनि नयाँ कार्यतालिका आएको छैन ।

पौडेल पक्षले सोमबार केन्द्रीय समिति सदस्यको भेला पनि राखेको थियो । समयमै महाधिवेशन गर्न दवाव दिने उक्त भेलाको निर्णय छ । देउवा पक्षले भने समस्या समाधानको लागि अग्रसरता नदेखाएको पौडेल पक्षको आरोप छ ।

 

प्रकाशित मिति: मंगलबार, साउन २६, २०७८  १३:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update