हलेसीबाट फर्किंदै गरेकाे माइक्रो बस दुर्घटना हुँदा एकको मृत्यु, १४ जना घाइते

काठमाडौं, साउन १८ । खोटाङको प्रसिद्ध धार्मिक स्थल हलेसी मन्दिर दर्शन गरेर सिरहातर्फ जाँदै गरेको माइक्रोबस खोटाङको कदुवामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
सोमबार बिहान करिब ९ बजे खोटाङको तुवाचुङ नगरपालिका–१, हलेसीस्थित जयराममा सोमबार तीर्थयात्रीहरू चढेको प्रदेश २–०१–००१ ज ००५३ नम्बरको १६ जना यात्रु सवार माइक्रो झण्डै २ सय मिटर तल खसेर दुर्घटनाग्रस्त भएकाे हाे ।
प्रहरीका अनुसार मृत्यु भएका व्यक्तिको परिचय खुल्न बाँकी छ । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेकाले काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टर पठाइएको छ भने बाँकी ८ जनाको उपचार घुर्मीस्थित जनसेवा पोलिक्लिनिकमा भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि सवारी चालक फरार रहेकोले उनको खोजी भइरहेको प्रहरीले जनाएकाे छ।
प्रकाशित मिति: सोमबार, साउन १९, २०८२ १६:०९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय