
काठमाडौं, साउन २६ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको भेलाले विशेष महाधिवेशन गरेर संवैधानिक संकटबाट जोगाउनु पर्ने निष्कर्ष निकालेको छ । काठमाडौं, ठमेलस्थित यात्री होटलमा दुईदिन चलेको भेलामा विशेष महाधिवेशनमा जानुपर्ने निष्कर्ष निकालेको हो।
जिल्ला सभापतिहरूको भेलाले पार्टीको संवैधानिक संकट टार्न विशेष महाधिवेशनमा जान नेतृत्वलाई सुझाव दिएको हो। ‘१३औँ महाधिवेशनका क्रियाशील सदस्य अनुसार विशेष महाधिवेशनमा गएर संवैधानिक संकटबाट पार्टीलाई जोगाउनु पर्नेमा हामी एकमत भएका छौं भेलामा सहभागी एक अधिकारले भन्नुभयो ।
त्यस्तै, छलफलमा अधिकांश सभापतिले विशेष महाधिवेशन गरेर संवैधानिक संकटबाट जोगाउनु पर्ने धारणा राख्नु भएको थिए भने अब निर्धारित समयभित्र नियमित अधिवेशन गर्न नसकिने जिल्ला सभापतिरूले ठहर रहेको छ । जिल्ला सभापतिको भेलामा पौडेल समूहका शीर्ष नेताहरु उपस्थित हुनुभएको थियो।
वरिष्ठ नेता पौडेलका साथै कोषाध्यक्ष सीतादेवी यादव, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, सुजाता कोइराला, बलबहादुर केसी, चन्द्र भण्डारी, धनराज गुरुङ, कमला गुरुङ, जीवन परियारलगायतको सहभागीता थियो। यस्तै भेलामा महामन्त्री डा. शशांक कोइराला, डा. मिनेन्द्र रिजाल, गगन थापा पनि सहभागी हुनु भएको थियो ।